प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङमा

Nagarik Sewa 4849+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकी छन् । शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् ।मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् ।प्रधानमन्त्री कार्कीले २१ फागुनमा एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् ।

प्रधानमन्त्री कार्कीले मुस्ताङका स्थानीयबासिन्दासँग समेत अन्तरक्रिया गरेकी छन् । साथै मुस्ताङका सरकारी अधिकारीहरूसँग पनि चुनावका लागि भइरहेको तयारबारी जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिरको समेत दर्शन गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार