मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको हुँः अध्यक्ष ओली

Nagarik Sewa 5112+ समाचार ( )
२६ मंगशिर २०८२, बिहीबार

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने आरोपको प्रतिवाद गर्नुभएको छ। ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताउनुभएको हो।

उहाँले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नुपरेको तर्क गर्नुभयो। 'दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उहाँले थप्नुभयो। उहाँले आफूमाथि भएको घेराबन्दी र आक्रमणबाट जोगिनुलाई कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार र गठबन्धनप्रति कडा आक्रोश पोख्दै जेनजी विद्रोहपछि बनेको सरकारले देशलाई सङ्कटतर्फ धकेलेको आरोप लगाउनुभयो। सरकारको आलोचना गर्दै ओलीले भन्नुभयो, 'यो सरकार त नाग पञ्चमीमा गोबरले टाँसेको नागको फोटो जस्तै हो। कसले ल्याएर टाँसिदियो, थाहा छैन तर यसको कुनै भविष्य छैन ।’ पार्टी विभाजनपछि एमाले कमजोर भयो भन्ने विश्लेषणलाई ओलीले अस्वीकार गर्नुभयो। उहाँले आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार