आमरण अनसन रहेका डा. निकोलस भुसालको जीवन रक्षा गर्न माग

Nagarik Sewa 4849+ समाचार ( )
१४ पौष २०८२, सोमबार

काठमाडौं। माइतीघर मण्डलामा विगत ७ दिनदेखि आमरण अनसन बसेको डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि नेपाल चिकित्सक संघले जीवन रक्षा गर्न माग गरेको छ। चिकित्सक संघका आजीवन सदस्य समेत रहेका भुसालको स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण भएको संघका महासचिव डा.सञ्जीव तिवारीले जनाएका छन्।

संघले भुसालमा रिँगटा लाग्ने, शरीर सुन्निने लगायतका जटिल समस्या देखा परेकाले उनको जीवन रक्षाको लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै