भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार १ सय १४

Nagarik Sewa 4788+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

काठमाडौं । भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार ११४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म रसुवामा ४१, तनहुँमा ३८, नुवाकोटमा १५५, नलवरपरासी पूर्वमा २१७, धादिङमा ५९ शव फेला परेका छन् । पश्चिम नवलपरासीमा १९०, गोरखामा ६६ र चितवनमा ३४८ शव फेला परेको प्राधिकरणले जनाएको छ ।

सनाखत भएका ९५ जनाको शव आफन्तले बुझेका छन् ।  सम्पर्कविहीनको संख्या तीन हजार ९१६ रहेको छ । २९२ जना घाइतेको उद्धार गरिएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जानकारी दिएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै