काठमाडौं । ६ कारोबार दिनपछि मंगलबार सेयर बाजरमा हरियाली छाएको छ । यो दिन नेप्से सूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा आइपुगेको हो ।कारोबार सुरु हुँदा घटेको बजारले त्यसपछि क्रमश घट्न रोकिँदै अन्तिम समयमा ९ अंकले बढेको हो ।
यो दिन लगानीकर्ताले कुल २ अर्ब ९० करोडको कारोबार गरेका छन् । सूचक सुधारिए पनि कारोबार भने सुधारिएको देखिँदैन ।
पछिल्लो ६ कारोबार दिनमा लगानीकर्ताले औसतमा ३ अर्बमाथिको कारोबार गर्दै आए पनि मंगलबार २ अर्ब ९० करोडको मात्रै कारोबार गरेका हुन् ।
हरियाली बनेको बजारमा ८४ कम्पनीको सेयरमूल्य घट्दा १८१ कम्पनीको सेयर मूल्य बढेको छ ।
बढ्नेमा माथिल्लो मैलुङ खोला जलविद्युत् अगाडि छ । उक्त कम्पनीको मूल्यमा ७.१५ प्रतिशतको वृद्धि देखिएको हो । यस्तै घट्नेमा उपकार लघुवित्त वित्तीय संस्था अगाडि छ । यो कम्पनीको मूल्यमा ८.४८ प्रतिशतको गिरावट देखिएको हो ।
कारोबारको आधारमा भने आज सोलु हाइड्रोपावर अगाडि छ । लगानीकर्ताले यो कम्पनीको १३ करोडको कारोबार गरेका हुन् ।