मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Nagarik Sewa 4697+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति स्थानीय समयअनुसार राति ११ः१५ बजे गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३० जना घाइते भएका छन्। भूकम्पका कारण हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ । 

जापानको मौसम विज्ञान एजेन्सीले यसको केन्द्र आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा जमिनमुनि ५० किलोमिटर गहिराइमा थियो। भूकम्पपछि सुनामीको चेतावनीहरू जारी गरिएको थियो, जसलाई अहिले हटाइएको छ । यद्यपि, तटहरूमा ७० सेन्टिमिटर ९२७ इन्च सम्म अग्ला छालहरू देखिएका थिए । केही रेल सेवाहरू रोकिएका थिए । हजारौँ घरहरूको बिजुली आपूर्ति अवरुद्ध भएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार अधिकारीहरूले थप शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। यस कारण मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन भनिएको छ। जापानकी प्रधानमन्त्री सनाई ताकाइचीले भूकम्पका लागि आफ्नो तयारीहरूलाई फेरि परीक्षण गर्न र धक्का महसुस गरेमा तुरुन्तै बाहिर निस्कन तयार रहन अपिल गरेकी छन् । समाचार संस्था रोयटर्सका अनुसार, लगभग ९० हजार मानिसलाई आफ्नो घरबाट बाहिर निस्कने आदेश जारी गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार