आज नेकपा एसको सचिवालय बैठक बस्दै

Nagarik Sewa 4847+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। बैठकले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ। बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरू बीचको  एकता, आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताए। 

लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ। समान विचार भएका दलहरू बीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ। पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुंगो केही दिनमा लगाउने उनले बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै