तोलामा ३४ सयले बड्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
७ पौष २०८२, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य अहिलेसम्मकै धेरै तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ। आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

यसअघि सुन तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो जुन अहिलेसम्मको सबैभन्दा महँगो थियो। जसलाई आज सोमबारको मूल्यले तोडेको हो । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ४ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार