राजेन्द्र लिङ्देनको निर्णय विरुद्ध सुवेदी निर्वाचन आयोगमा

Nagarik Sewa 4536+ समाचार ( )
२९ आश्विन २०८२, आइतबार

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि पार्टीमा असन्तुष्टि बढेको छ। असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले आइतबार निर्वाचन आयोगमा उजुरी दिन निर्वाचन आयोग पुगेका छन्। 

सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक छन् । उनकै नेतृत्वमा राजावादी समूहले आन्दोलन गर्दै आए पनि लिङ्देनले एकाएक सुवेदीलाई हटाएको भन्दै असन्तुष्टि बढेको हो । लिङ्देनको यस कार्यले राजावादी आन्दोलनमा लिङ्देनको इमानदारितामाथि नै प्रश्न उठेको राप्रपा इतर समूहको भनाइ छ। 

लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारी दिएको विज्ञप्तिमार्फत जनाएका थिए । यस्तै लिङ्देनले प्रवक्ता सगुन लावतीलाई पनि हटाएका थिए ।  शनिबारको बैठकमा लिङ्देनले आफ्नो आलोचकलाई धमाधम पदबाट विधान विपरीत हटाएको भन्दै सहभागीले कडा आलोचना गरेका थिए । विगतमा लिङ्देनले इतर समूहका धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार