काठमाडौं। धितोपत्र बजार मापक नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा बन्द भएको छ। आज कारोबार रकम साढे तीन अर्बले बढेको छ ।
सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार चार अर्ब १८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । मंगलबारको तुलनामा सेयर कारोबार रकम तीन अर्ब ४९ करोड ८० लाख रुपैयाँले बढेको हो। यस दिन एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र ग्रीन भेन्चर लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी नेपाल पुनर्बिमाको ५० करोड ५२ लाख र ग्रीन भेन्चरको ४६ करोड ५३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज २३२ कम्पनीको सेयरमूल्य बढेको छ । १९ कम्पनीको सेयरमूल्य घटेको छ । विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेको छ । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक ३.४० प्रतिशतले बढेको छ ।