मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना र २७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

Nagarik Sewa 4518+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनका सुरक्षा सल्लाहकार मेजर जनरल (अवकाशप्राप्त) तारिक अहमद सिद्दिक र अरू २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आवामी लिग सरकारको कार्यकालमा भएको भनिएको जबर्जस्ती बेपत्तासम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधिकरणले यो आदेश दिएको हो ।

न्यायाधिकरणले अभियोजन पक्षले दायर गरेको मानवताविरुद्धको अपराधलगायत आरोप स्वीकार गर्दै सुनुवाइपछि पक्राउ पुँर्जी जारी गरेको छ । एउटा मुद्दा विपक्षी कार्यकर्ताको अपहरण र उनीहरूलाई टास्कफोर्स इन्टरोगेसन सेलमा दिइएको यातनासँग सम्बन्धित छ । त्यो कथित रूपमा र्‍यापिड एक्सन बटालियनद्वारा सञ्चालित थियो । अर्को मुद्दा डाइरेक्टोरेट जनरल अफ फोर्सेज इन्टेलिजेन्सको संयुक्त सोधपुछ कक्षमा गरिएको थुनामा राख्ने र यातना दिनेसँग सम्बन्धित छ ।

७८ वर्षीया हसिनाले गत वर्ष देशव्यापी विद्यार्थी नेतृत्वको आन्दोलनपछि पदच्युत भएदेखि धेरै मुद्दाको सामना गरिरहेकी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार