मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

मनिषा कोइरालालाई नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

Nagarik Sewa 4519+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

काठमाडौं। मनिषा कोइरालाले सञ्जयलीला भन्सालीको नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’बाट उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर ओटीटी अवार्ड जितेकी छन् । 

‘नायिकाको रूपमा मेरो पुनरुत्थान नै हीरामण्डी हो भन्ने कुरा यो अवार्डले प्रमाणित गर्छ । मैले मेरो प्रदर्शन, मेरो लुक, मेरो उर्दू उच्चारण, मेरो शारीरिक भाषामा साँच्चै कडा मेहनत गरेको छु’ उनले  संजालमार्फत खुसी व्यक्त गर्दै भनेकी छन् । ‘मेरो चरित्र मल्लिकाजन रहस्यमय थियो । विचलित तुल्याउन सजिलो थिएन । उनी दया र क्रूरतालाई सहन सक्षम छिन् । मेरो लागि यो चरित्र सिर्जना गर्नुभएकोमा सञ्जयलीला भन्सालीलाई धन्यवाद दिन चाहन्छु’ मनिषाले भनेकी छन् ।

मनिषाले आफ्नो करियरको सबैभन्दा महत्वपूर्ण फिल्म र अभिनय भन्सालीसँग ‘खामोशी स् द म्युजिकल’मा गरेकी थिइन् । यसअघिको एक अन्तर्वार्तामा उनले भनिन्, ‘खामोशीमा करियरको शुरुवातमा उनीसँग काम गरेकी थिएँ, उनले खामोशीमा सुन्दर संसार बनाए ।

मनिषाले हीरामण्डीलाई नयाँ सुरुवातको रूपमा हेर्छिन् । भन्छिन्, ‘यो पुरस्कार मेरो पुनरुत्थानको प्रमाणीकरण हो । यसले म सही बाटोमा छु भनेर देखाउँछ । म हीरामण्डीको दोस्रो सिजनमा काम सुरु गर्न अधैर्य छु । मलाई लाग्छ म यस पटक राम्रो हुनेछु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै