काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । उक्त दिन सुनको भाउ प्रतितोला २७ सय रुपैंयाले बढ्दै हालसम्मकै उच्च विन्दुका पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि सुन प्रतितोला १ लाख ८७ हजार रुपैंयामा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको भाउ १० रुपैंयाले बढेको छ । आज चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।