मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गरिने
सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गरिने

Nagarik Sewa 4519+ समाचार ( )
१४ पौष २०८१, आइतबार

रौतहट । नेपाल र भारतको सीमा क्षेत्रमा हुने अवैध गतिविधि पूर्णरुपमा नियन्त्रण गर्ने दुईदेशीय उच्च सुरक्षा अधिकारीहरूको बैठकले निर्णय गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा डीआईजी स्तरीय बैठक शनिवार साँझ सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच नियमित रुपमा हुने  स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो। ​

दुईपक्षीय बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सहयोग मिल्ने सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीले जानकारी गराएको छ।

बैठकमा सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डीआईजी कालीदास धौवजी , भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दीपक कुमार, आईपिएस सेक्टर हेड क्वाटर पूर्णियाका डिआईजी राजेश टीकु, सेक्टर हेड क्वाटर बेतियाका डिआईजी एस सुब्रमन्यमको उपस्थिति रहेको थियो ।

त्यसैगरी दुईदिने कार्यक्रममा मधेस प्रदेश स्थित सशस्त्र प्रहरी बल  नेपालका गणपतिहरू ,निमित्त गणपतिहरू लगायतका अधिकृतहरू, एसएसबीका  बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिवासले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै