मुख्य समाचार
यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू | फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन | राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी हाम्रो होः संयोजक प्रचण्ड | प्रेम दिवस विशेष कविताः खै के बनेर आयौ तिमी मेरो जिवनमा? | सिन्धुपाल्चोक २ मा मतदाताको मन जित्दै चौलागाईं : ठूला दल दबाबमा, चुनावी माहोल थप रोचक बन्दै | रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु | १७ औँ राष्ट्रिय बाल नाट्य महोत्सव रूसी घर काठमाडौंमा सुरु | एसियाली खेलकुदलक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन | उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपीभी खोप लगाइँदै | सुनको मूल्यमा वृद्धि |

सरकारलाई दिएको समर्थन जारी राख्न जसपाका चार सर्त

Nagarik Sewa 4035+ समाचार ( )
३१ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन जारी राख्न चार सर्त अघि सारेकोछ। सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमै समर्थन जारी राख्न नसक्ने भन्दै सर्त राख्नुभएको हो।

छलफलको सुरुमै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले यादवलाई आफूहरूसँग रिसाउनाको कारण सोध्दै सहकार्यको प्रस्ताव गख्नुभएको थियो। अध्यक्ष यादवका अनुसार प्रधानमन्त्री ओलीले बैठकको सुरुमै सहकार्य गर्ने प्रस्ताव राख्नुभएको थियो। ओली लगत्तै कांग्रेस सभापति देउवाले पनि मिलेर काम गर्ने प्रस्ताव राख्नुभएको थियो। 

त्यसपछि यादवले अब सहकार्य गर्नका लागि चार सर्त अघि सार्नुभएको छ। उहाँले बालुवाटारको छलफलमा आफूले सहकार्य जारी राख्न राखेका सर्तहरु निम्न छन्ः

१. वन विनाश र पर्यावरण ध्वस्त पार्नेगरी ल्याइएको र अहिले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयकमा संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयकमा जसपा नेपालले सुरूदेखि उठाउँदै आएका विषय समावेश हुनुपर्ने । 

२. संविधान संशोधन के–के विषयमा गर्ने हो दुई दलबाटै स्पष्ट खाका आउनुपर्छ । 

३. सरकार सञ्चालनमा संघ र प्रदेशमा देखिएका समस्या (जसपा नेपालसँग सम्बन्धित र अन्य) ठोस रूपमा समाधान गर्नुपर्छ । जनसांख्यिक आधारमा बजेट वितरण भएन, मधेस अन्यायमा प¥यो, त्यो संशोधन गरिनुपर्छ । 

४. सत्ता गठबन्धनभित्रको मुख्य निर्णयमा जसपा नेपालको सहमति र अपनत्व हुनुपर्ने ।  

आफूहरूका यी चार विषय सम्बोधन भएपछि मात्रै फेरि पुनर्विचार गर्न सकिने जसपाले बताएको छ । ‘अहिलेलाई समर्थन निरन्तरता दिन सकिन्न । हामीले उठाएका विषय पूरा गर्नुस्, त्यसपछि पुनर्विचार गर्न सकिन्छ भन्यौँ,’ यादवले भन्नुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार