काठमाडौं। काठमाडौंको सुन्दरीजलको ढुंगामा चिप्लेर खोला खस्दा बोलबम गएकी एक जना महिलाको डुबेर मृत्यु भएको छ। चितवन घर भई कपन बस्दै ३५ वर्षीया सन्ध्या धामीको डुबेर मृत्यु भएको हो।
आइतबार राति गोकर्णेश्वर नगरपालिका १ स्थित सुन्दरीमाई मन्दिरस्थित खोलामा डुबेर धामीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए। उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।