ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

Nagarik Sewa 4461+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं। काठमाडौंको छाप्रोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर छन्।

बुधवार राति पौने ९ बजेतिर जडीबुटीबाट पेप्सीतर्फ जाँदै गरेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकलमा पछाडि सवार युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए । 

मोटरसाइकल चालक काभ्रेको रोशी घर भएका २६ वर्षीय सन्तोष मगर घाइते भएका छन् । ट्याङ्कर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार