काठमाडौं। नेकपा माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले २१ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग अभियान उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता अग्नि सापकोटाले कार्यक्रमको मोडालिटीमा छलफल गर्दै त्यसलाई उपलब्धिमूलक बनाउने निर्णय भएको जानकारी दिनुभयो।
‘स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफलमात्र भयो’, उहाँले भन्नुभयो– ‘गुट उपगुट जस्ता विषय नरोकिए अनुशासनको दायरामा ल्याउने विषयमा छलफल मात्र भयो । पछि निर्णय गर्ने कुरा भएको छ’, सापकोटाले एकतामा आएका नेताहरूको कार्यविभाजन, अभियान, महिला सम्मेलन छलफल भएको बताउनुभयो।