मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

कर्णाली प्रदेशसभा सचिव खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nagarik Sewa 5112+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार

सुर्खेत । कर्णाली प्रदेशसभाका सचिव डा. अर्जुनकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालीन कानुन तथा न्याय मन्त्रालयका उपसचिव रहेका खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिसँग सम्बन्धित जग्गा सट्टापट्टा तथा बिक्री प्रकरणमा प्रतिवादी बनाएको हो ।

आयोगले मंगलबार खड्कासहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसमेत प्रतिवादी छन् । खड्का हाल कर्णाली प्रदेशसभा सचिवका रूपमा कार्यरत छन् । तत्कालीन समयमा कानुन तथा न्याय मन्त्रालयको उपसचिव रहेका उनीमाथि सरकारी अधिकारीका रूपमा जग्गा सट्टापट्टा तथा बिक्री प्रक्रियामा संलग्न रहेको अभियोग लगाइएको छ ।

उक्त समूहका प्रतिवादीविरुद्ध आयोगले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । उनीहरूबाट बिगो असुलउपर गर्नुका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद र जरिवाना गर्नसमेत अख्तियारले माग गरेको छ । अख्तियारको अभियोजनपत्रअनुसार मोरङको विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ७१ र ४८ को कुल ४ बिघा ५ कठ्ठा ९ धुर १ कन्वा जग्गा औद्योगिक प्रयोजनका लागि छुट सुविधा प्राप्त जग्गा थियो । तर, उक्त जग्गा तोकिएको औद्योगिक प्रयोजनमा प्रयोग नगरी खाली छाडिएको आयोगको दाबी छ ।

औद्योगिक प्रयोजनका लागि छुट सुविधा पाएको जग्गा निर्धारित उद्देश्यअनुसार उपयोग नभएपछि त्यसलाई बनगामा गाविसस्थित कम मूल्यको जग्गासँग सट्टापट्टा गर्ने र पछि बिक्री गर्ने निर्णय गरिएको अख्तियारको अभियोजनपत्रमा उल्लेख छ । सोही जग्गाको सट्टापट्टा तथा बिक्री प्रक्रियामा सरकारी अधिकारीहरूको भूमिकासमेत रहेको दाबी गर्दै आयोगले तत्कालीन प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारीसहित ९७ जनालाई प्रतिवादी बनाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार