काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।