नेप्से ३३.३३ अंकले घट्यो

Nagarik Sewa 4426+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

काठमाडौं। सोमबार सेयर बजार परिसुचक नेप्से ३३.३३ अंक घटेर परिसुचक २६७० मा कायम भएको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चिएको छ ।

आज कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो। बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्योभने, अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो ।

कारोबारका आधारमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर अगाडी रहे।सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार