काठमाडौं। मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने सहमति गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिनुभयो । उहाँका अनुसार वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ ।
‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,’ सापकोटाले भन्नुभयो, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’