रौतहटमा निजी कारबाट १३३ किलो गाँजा बरामद : चालक भने फरार

Nagarik Sewa 4435+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

अरुण पटेल/रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयले एक निजी कारबाट १३३ किलो गाँजा बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारलाई शंकास्पद ठानी रोकेका बेला चालकले कार भगाएपछि घटनाले नाटकीय मोड लिएको थियो।

प्रहरीले पछ्याउने क्रममा उक्त कार झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा फेला परेको थियो। तर, चालक भने कार त्यहीं छाडेर उखुबारी हुँदै फरार भएका छन्। हालसम्म उनको पहिचान खुल्न नसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीका अनुसार, “क्रेनको सहयोगमा कारलाई खेतबाट निकालेर जाँच गर्दा प्लास्टिकको प्याकेटमा राखिएको १३३ किलो गाँजा फेला परेको हो।”

डिएसपी कार्कीले फरार चालकको खोजीका लागि घटनास्थल वरपर, उखुबारी तथा सम्भावित भाग्ने मार्गहरूमा व्यापक निगरानी र खोजी अभियान जारी रहेको जानकारी दिए। बरामद कार र लागूऔषधको आधारमा वास्तविक कारोबारी पत्ता लगाउन थप अनुसन्धान अघि बढाइएको पनि उनले बताए।












प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै