एजेन्सी। श्रीलंकामा प्रतिकूल मौसमका कारण १७ जनाको मृत्यु भएको छ ।
दक्षिण पश्चिम बंगालको खाडीबाट उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ । सो बिपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ।
केन्द्रका अनुसार देशमा विद्यमान प्रतिकूल मौसमका कारण एक लाख ४२ हजार ६ सय २४ परिवारका चार लाख ७९ हजार ८ सय ७१ व्यक्ति प्रभावित हुन पुगेका छन् ।