तोलामा ७ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4680+ समाचार ( )
२ पौष २०८२, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७ सय र चाँदी तोलामो रु १७० ले बढेको छ। आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार