मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

म कहिले पनि अनियमितता गर्दिन: गगन थापा

Nagarik Sewa 5112+ समाचार ( )
२४ अशोज २०८३, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू वा पार्टीका कुनै सदस्यले गलत काम गरे त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताएका छन्। उनले आफ्नो व्यक्तिगत, पारिवारिक वा आर्थिक जीवनमा अनियमितता भेटिए त्यसको बचाउमा पार्टीका कुनै पनि सदस्य बोल्न नपर्ने बताएका हुन्।

सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोल्दै थापाले कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनमा दृढ रहेको बताए।

‘मेरो व्यक्तिगत जीवन, कांग्रेससँग सम्बन्ध नभएको मेरो पारिवारिक कुरामा, मेरो आर्थिक जीवनमा कतै मबाट अनियमितता हुन्छ भने मेरो बचाउमा एक जना साथीले पनि बोल्ने छैन,’ उनले भने, ‘त्यस्तो कांग्रेस हामीले बनाउने हो।’ उनले कुनै व्यक्तिमाथि लागेको दाग सम्बन्धित व्यक्तिले नै मेट्नुपर्ने बताए।

‘कुनै पनि गलत काम गर्छ, गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैंले बोक्नुपर्छ। पार्टीले त्यो भारी बोक्दैन,’ उनले भने।

सभापति थापाले कांग्रेसको यही महाधिवेशनमा प्रतिस्पर्धा गरेका एक जना पार्टी सदस्य ठगीको मुद्दामा पक्राउ परेको समाचार आफूले पढेको उल्लेख गर्दै गलत कामको जिम्मेवारी पार्टीले लिन नसक्ने बताए।

‘हिजो कतिपय कुराहरूको भारी बोक्नुपर्ने बाध्यता थियो होला। तर यो अधिवेशनसँगै हामी ती तमाम भारी बिसाएर नयाँ संकल्पका साथ अघि बढ्ने गरी आएका छौं,’ उनले भने।

उनले नयाँ कांग्रेसले तत्कालको फाइदाका लागि सम्झौता गर्ने, निजी लाभहानि हेर्ने तथा व्यक्तिगत आचरण र नैतिकताका विषयमा भएका कमजोरीलाई साथ नदिने बताए।

थापाले कांग्रेसको मूल्य, स्वतन्त्रता र समानताका लागि संघर्ष, राष्ट्रप्रतिको प्रेम, राष्ट्रियताप्रतिको समर्पण र सामाजिक न्यायप्रतिको प्रतिबद्धता पुरानै रहेको बताए। तर, व्यक्तिगत लाभ र नैतिकताका विषयमा सम्झौता गर्ने प्रवृत्ति त्यागेर नयाँ कांग्रेस बनाउने उनको भनाइ थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार