मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

३२.३८ अङ्कले घट्यो नेप्से

Nagarik Sewa 4674+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

काठमाडौं। काठमाडौं साताको पहिलो कारोबार देखि निरन्तर रूपमा घटेको नेप्सेमा आज बुधवार पनि गिरावट आएको छ। बुधवार नेप्से परिसूचक ३२.३८ अङ्कले घटेर २६५५.९४ विन्दुमा झरेको छ । 

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.८६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अङ्कले घटेको छ। बुधबार कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको हो । मङ्गलवार ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको ०.३९ अङ्क बढेको छ। तर विकास वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, बैङ्क,बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेका छन् ।नेप्सेमा गिरावट आएपनि आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

तर यता कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९.०६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५८ करोड १९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै