आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कमजोर देखियो

Nagarik Sewa 4392+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

काठमाडौं । विभिन्न पर्यवेक्षक संस्थाहरूले निर्वाचन आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको जनाएका छन् । ती संस्थाले आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगको कमजोरी रहेको आरोप  लगाएका छन् ।

आम निर्वाचन पर्यवेक्षण समिति (जिओक) र निर्वाचन पर्यवेक्षण समिति (इओक) नेपाललगायत संस्थाहरूले संयुक्त रूपमा निर्वाचन पर्यवेक्षण गरेका थिए । शनिबार पत्रकार सम्मेलनमार्फत पर्यवेक्षक संस्थाले आचारसंहिता उल्लंघन रोक्न आयोगको भूमिका कमजोर देखिएको जनाएका हुन् । निर्वाचन पर्यवेक्षणपछि सार्वजनिक गरिएको प्रतिवेदनमा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना बढी रहेको औंल्याइएको छ ।

निर्वाचनका सन्दर्भममा राजनीतिक दल, दलका उमेदवार, कार्यकर्ता, सामाजिक अभियन्ता, पत्रकार, कलाकारलगायतबाट आचारसंहिता उल्लंघनका घटना बढेको पर्यवेक्षक संस्थाको निष्कर्ष छ । आयोगले बेलैमा आचारसंहिता उल्लंघनका घटनामा निगरानी र नियमन गर्न नसकेको आरोपसमेत ती संस्थाले लगाएका छन् 

निर्वाचनको निष्पक्षता एवम् स्वच्छताका लागि निर्वाचनपूर्व र मतदानको समयमा आचारसंहिताको पूर्ण पालनामा कडाइ गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ ।

पत्रकार सम्मेलनमा जिओकका महासचिव कृष्णमान प्रधानले भने, ‘‘पर्यवेक्षण संस्थाहरूलाई राजनीतिक दल र उमेदवारले आचासंहिताको सही रूपमा पालना गर्छन् भन्ने विश्वास अझै रहेको छैन । निर्वाचन आयोगप्रति पनि आमनागरिकको विश्वास पूर्ण रूपमा हुन नसकेको स्थिति छ ।" पर्यवेक्षकलाई परिचयपत्र बनाउने काममा पनि आयोगले सहयोग नगरेको गुनासो समेत उनले पोखे ।

निर्वाचन पर्यवेक्षण प्रतिवेदननुसार सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गालीगलौज, सार्वजनिक मर्यादाविपरीतका अभिव्यक्ति मिथ्या र भ्रामक सूचनाको प्रवाह बढेको देखिएको छ । पर्यवेक्षक संस्थाहरूले आचारसंहिता पालना गराउने काममा आयोगले स्पष्टीकरण मात्रै सोधेर बस्न नहुने भन्दै सुझाएका छन् ।

मतदातालाई र आम नागरिकलाई आचारसंहिता उल्लंघनमा कारबाही हुने विश्वास दिनुपर्ने सुझाव पनि दिइएको छ । आचारसंहिता उल्लंघन हुँदा निर्वाचन आयोगले उमेदवारी रद्द गर्दछ र जितिसकेपछि पनि परिणाम रद्द हुनसक्छ भन्ने विश्वास आयोगले दिलाउन नसकेको आरोप समेत पर्यवेक्षक संस्थाले लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार