गर्मीमा मेवाका फाइदै फाइदा

Nagarik Sewa 4431+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

काठमाडौं। गर्मी मौसममा तापमान बढ्दै गएसँगै शरीरलाई हाइड्रेट राख्नु मेवाले मद्दत गर्दछ । यसमा कयौं खालका पोषक तत्व पाइने हुनाले यसलाई सुपर फूड भनिन्छ । हामीले गर्मीमा मेवा खानै पर्ने कारणहरूः 

शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छः मेवामा पानी निकै मात्रामा हुन्छ । यसमा लगभग ८८ प्रतिशत पानी नै हुन्छ । यसको सेवनले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ । यसलाई खाँदा शरीरमा पोटाशियम जस्ता जरुरी इलेक्ट्रोलाइट्सको पूर्ति हुन्छ । 

पाचनमा सुधार गर्छः गर्मीयाममा गर्मीले पाचनलाई सुस्त बनाएको हुन सक्छ । यसका कारण हामीले अल्छि लागेको महसुस पनि गर्न सक्छौं । तर मेवामा पपेन हुन्छ । यो शक्तिशाली पाचन एन्जाइम हो । यसले प्रोटिनलाई टुक्रयाउन मद्दत गर्छ र हेल्दी गटलाई बढाउँछ । यो अपच, सुन्निएको र कब्जियत जस्ता समस्याको प्राकृतिक उपचार पनि हो । 

इम्युनिटी बढाउँछः मेवामा भिटामिन सी १५० प्रतिशत पाइन्छ । भिटामिन सीले इम्युनिटी बूष्ट गर्न मद्दत गर्छ । यसले घामका कारण ड्यामेज भएको छाला रिपेयर गर्न पनि मद्दत गर्छ अनि कोलेजन बढाउँछ । 

छालाको स्वास्थ्यको लागि फाइदाजनकः मेवामा बीटा–क्यारोटिन, भिटामिन ए र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यी पोषक तत्वहरू फ्रि रेडिकलविरुद्ध लड्छ, बुढ्यौलीलाई सुस्त बनाउँछन् अनि छालालाई यूभीबाट हुने क्षतिबाट पनि बचाउँछ । यसको नियमित सेवनले ट्यानिङ कम गर्न, घामले डढेको कम गरेर छालाको रंग एक समान बनाउन मद्दत गर्छ । यसबाट छालाले गर्मीमा पनि प्राकृतिक चमक पाउँछ । 

लो कम क्यालोरीयुक्त खानेकुराः तपाईं गुलियो खाना खान चाहनुहुन्छ तर पेट फुल्ने समस्याको सामना गर्न चाहनुहुन्न रु त्यसो हो भने मेवा तपाईंको लागि राम्रो विकल्प हो । यो प्राकृतिक रूपमा गुलियो हुन्छ । तर यसमा क्यालोरी र बोसो निकै कम हुन्छ । गर्मीमा सन्तुलित आहार लिन चाहनेका लागि यो फाइदाजनक छ । 

आँखाको लागि फाइदाजनकः कडा घामको अर्थ हो पराबैंजनी किरणहरूको सम्पर्कमा आउनु । यसले आँखामा दबाब उत्पन्न गराउन सक्छ। मेवामा पाइने लुटिन, जेक्स्यान्थिन र भिटामिन ए जस्ता तत्वले आँखाको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । यसले उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेशन र अत्यधिक घामको कारणले हुने तनावबाट पनि आँखालाई बचाउँछ । 

मुटु स्वस्थ राख्नेः मेवामा पोटेशियम र फाइबर धेरै हुन्छ, जसले रक्तचापलाई नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ।

ताजगी र ऊर्जाः पपैयामा प्राकृतिक चिनी र पोषक तत्वहरू पाइन्छ जसले शरीरलाई ताजगी र ऊर्जा दिन्छ। गर्मीको समयमा थकान र कमजोरी कम गर्न यो अत्यन्तै फाइदाजनक छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार