तोलामा १ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4849+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले वृद्धि भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको हो। 

नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने १० रुपैयाँले  घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदी १९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदी २ हजार रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार