सजिलो, छिटो र नगदरहित कारोबारका लागि राष्ट्रिय वाणिज्य बैंकको 'RBB डिजिटल संसार' लोकप्रिय बन्दै

Nagarik Sewa 4689+ समाचार ( )
५ असार २०८२, बिहीबार

काठमाडौं । डिजिटल बैंकिङ्गको युगमा राष्ट्रिय वाणिज्य बैंक (RBB) ले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘RBB डिजिटल संसार’ लाई अझ प्रभावकारी बनाउँदै लैजाने अभियान थालेको छ।'सजिलो, छिटो र नगदरहित लेनदेन' भन्ने मूल नाराका साथ सुरु गरिएको यो सेवा अहिले सर्वसुलभ, सुरक्षित र सरल डिजिटल कारोबारको पर्याय बन्न थालेको छ। बैंकले मोबाइल एपमार्फत खाताको पहुँच, रकम ट्रान्सफर, बिल भुक्तानी, मोबाइल रिचार्ज, र डिजिटल खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ।

ग्राहकले घरमै बसेर मोबाइल एप प्रयोग गरी बैंकका अधिकांश सेवा उपभोग गर्न सक्ने भएकाले दैनिक जीवनका लेनदेनहरूमा सहजता थपिएको छ। RBB ले सेवा विस्तारसँगै ग्राहक सन्तुष्टि र डिजिटल साक्षरताको प्रवर्द्धनमा समेत जोड दिइरहेको छ।

RBB डिजिटल संसारको प्रयोगबारे थप जानकारीका लागि बैंकले ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न वा www.rbb.com.np मा जान अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार