मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति आउनसक्छ :प्रचण्ड

Nagarik Sewa 5112+ समाचार ( )
८ कार्तिक २०८३, शनिबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा माओवादीले खेलेको भूमिका र विचारलाई अवमूल्यन भए  केही समयभित्रै मुलुकमा फेरि नयाँ परिस्थिति निर्माण हुने चेतावनी दिएका छन् । 

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ को उद्घाटन गर्दै संयोजक प्रचण्डले सरकार लक्षित यस्तो चेतावनी दिएका हुन् । यतिबेला इतिहासमा तत्कालीन नेकपा माओवादीले खेलेको भूमिका र विचारको महत्त्वलाई अवमूल्यन गर्न खोजिएको प्रचण्डको भनाइ छ ।

विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले पनि सजिलै मेटाउन नसक्ने उनको भनाइ छ । ‘हामीले जनयुद्ध सुरु गर्दा जम्मा ६० जना थियौँ । त्यही सङ्ख्या बढ्दै ६ सय,  ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो । र, अन्ततः नेपाल गणतन्त्र बन्यो,’ प्रचण्डले चेतावनी दिँदै भने, ‘आज हाम्रो विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको छ । तर हामीलाई विश्वास छ, केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुनेछ ।’

साथै, उनले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने तर तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको पनि बताएका छन् । उनले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएको भन्दै दुई दलको चरित्र नै फरक रहेको दाबी समेत गरे । 

प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको दाबी समेत गरे । लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै