विशेष महाधिवेशन कार्यविधि–२०८२ कांग्रेसको महाधिवेशनको बन्दसत्रबाट पारित

Nagarik Sewa 4431+ समाचार ( )
२८ पौष २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ । अधिवक्ता समेत रहनुभएका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो।

सो कार्यविधिमा महाधिवेशनले के–के छलफल र निर्णय गर्ने भन्ने विषय समेटिएको भनिएपनि के–के विषय राखिएको छ भन्नेबारे प्रस्ट भइसकेको छैन। सोमबार बिहानदेखि ज्येष्ठ सदस्य श्याम कुमार खड्काको अध्यक्षतामा बन्दसत्र सुरु भएको हो। बन्दसत्र र समग्र विशेष महाधिवेशनलाई शेरबहादुर देउवा समूहले भने बहिस्कार गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार