अबबाट दुई दिन सरकारी बिदा

Nagarik Sewa 4849+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

काठमाडौं । नेपालको संविधानको धारा २० (३)को न्यायसम्बन्धी हकअनुसार, पक्राउ परेको व्यक्तिलाई पक्राउ परेका समय र स्थानबाट बाटोको म्यादबाहेक २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराउनुपर्छ । अन्यथा पक्राउ परेका व्यक्तिको हकमा अदालतर्मा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्न सकिन्छ । तर, शनिबार र आइतबार बिदा हुँदा शुक्रबार पक्राउ परेको व्यक्ति ४८ घण्टा थुनिनुपर्ने हुन्छ । 

प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले आइतबार बिदा हुँदा सोमबार नै म्याद थपका लागि अदालत पेस गरिने बताए । उनले भने, “कानुनी प्रक्रिया उही नै हो । बिदाको दिन पर्दा अहिले पनि हामी ४८ घण्टामै अदालत पेस गर्दै आएका छौँ । बिदाको दिन भए पनि गणना हुँदा उनीहरूको म्याद थप भने शुक्रबारबाट नै लागु हुन्छ ।”

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार तीर्थ भट्टराईले पनि आइतबार बिदा हुँदा सोमबार नै म्याद थपका लागि उपस्थित गराउनुपर्ने बताए । सार्वजनिक बिदा हुँदा २४ घण्टामै पेस गर्नुपर्छ भन्ने नहुने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार