मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

विद्युत् महसुल बक्यौता उठाएकै कारण मलाई सरकारले पदबाट हटायोः कुलमान घिसिङ

Nagarik Sewa 4669+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

काठमाडौं। शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको प्रस्टीकरण दिएका छन् । घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताएका हुन् ।

उनले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई आफूले अस्वीकार गरेको पनि बताए। ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले पत्रकार सम्मेलनमा भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो? यसको जवाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ ।’

उनले संस्था र राष्ट्रप्रति घात गर्न आफूले नसकेको भन्दै कानुनअनुसार नै आफूले काम गर्दा समेत दबाब र प्रभाव थेग्नुपरेको बताए । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको पनि बताए । उनले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम सरकारले गरेको भन्दै यसमा सफल भएकोमा केही व्यक्तिले सफल ठानेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार