काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको गेटबाट एकजना थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् ।
अभद्र व्यवहार मुद्दाका थुनुवा भागेको प्रहरी परिसरले जनाएको छ । उनको खोजी तीव्र पारिएको छ । फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।