काठमाडौं । भोटेकोसी बाढीमा सर्वदलीय बैठकपछि १० बुँदे अपिल जारी भएको छ । रास्वपाका सभापति रवि लामिछानेले डाकेको बैठकबाट १० बुँदे संयुक्त अपिल जारी भएको हो । जसमा विपद्को बेलामा गर्ने सहयोग राजनीतिक लोकप्रियता वा स्वार्थपूर्तिको माध्यम बन्न नहुने उल्लेख छ ।
आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना गर्नुपर्ने अपलिमा भनिएको छ । सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग गरी संवेदनशील सूचना प्रवाह गर्न आग्रह गरिएको छ ।अपिलमा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईको हस्ताक्षर छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीकातर्फबाट चन्दन सिंहले हस्ताक्षर गरेका छन् ।