भूमि सम्बन्धी अध्यादेश आज जारी हुन्छः प्रधानमन्त्री ओली

Nagarik Sewa 4856+ समाचार ( )
२ माघ २०८१, बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने बताउनुभएको छ । उहाँले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरू समाधान गर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरूले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताउनुभयो।

उहाँले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताउनुभयो । उहाँले अध्यादेशहरू ल्याएसँगै कांग्रेस र एमालेको सरकार चाँडै ढल्दै छ भन्ने जस्ता भ्रम फैल्याइएको बताउनुभयो । उहाँले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताउनुभयो। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको मतलब नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताउनुभयो । विकास, सुशासनका कामहरू नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उहाँको टिप्पणी थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार