मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Nagarik Sewa 5112+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

काठमाडौं ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएकोे नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको १४ जेठमा भएको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १ सय १६ वटा बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

सांसदहरु सुष्मा भुजेल, युवराज चौलागाईं र सृजना सयजूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्तावको पक्ष र विपक्षीमा मत जाहेर हुँदा बैठक स्थलमा हाँसो भएको थियो ।

सुष्मा भुजेललगायतका सांसदले संयुक्त रुपमा राखेको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । सभामुख भुवनकुमार पाठकले प्रस्ताव फिर्ता लिन समय दिएकोमा उनले प्रतिपक्षले सरकारको आलोचना मात्र नभई रचनात्मक सहयोग पनि गर्ने बताउँदै प्रस्ताव फिर्ता नलिने बताएकी थिइन् ।

संशोधन प्रस्तावको पक्षमा नेकपा माओवादी केन्द्रका सांसदले हुन्छ भन्ने ठूलो आवाजसँगै हात उठाएपछि सभामुख पाठकसहित सांसदहरुको हाँसो गुञ्जिएको थियो । विपक्षमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका सांसदहरुले पनि ठूलो स्वरमा हुन्न भन्दै मुखामुख गरेका थिए । हुन्न भन्ने पक्षका सांसदहरुको बहुमत भएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख पाठकले घोषणा गरे ।

सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै सडक स्तरोन्नती र नयाँ सडक ट्रयाक खोल्न निरुत्साहित गर्नेदेखि वित्तीय तथा व्यवस्थापकीय जोखिममा रहेका सहकारी संस्थाहरुको अध्ययन, विश्लेषण र वर्गीकरण गर्नुका साथै बचतकर्ताहरुको बचत तथा लगानी संरक्षणमा जोड दिइनेसम्मका योजना थिए ।

सभामुख पाठकले ३० जेठसम्मको लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । बागमती प्रदेश सरकारले आगामी आवका लागि १ असारमा बजेट ल्याउँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै