मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |
मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |


एक लाखले घट्ँदैछ सुनको भाउ ?

Nagarik Sewa 4720+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

काठमाडौं । पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर ओरालो लागेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत प्रत्यक्ष देखिएको हो। पछिल्लो शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो। तर, आजको कारोबारमा सो मूल्य घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ।

विशेषगरी ठूला संस्थागत लगानीकर्ताहरूले सुन बिक्रीमार्फत नगद संकलन गरी अन्य सम्पत्तिमा भएको घाटा कभर गर्ने रणनीति अपनाएको अनुमान गरिएको छ। पछिल्ला महिनाहरूमा विश्वका प्रमुख स्टक मार्केटहरू ओरालो लागेकाले पनि सुनमा लगानीकर्ताको ध्यान केन्द्रित भएको थियो।

मेहता इक्विटिजका उपाध्यक्ष राहुल कलन्त्रीका अनुसार, सुनको प्रमुख समर्थन मूल्य प्रतिऔंस २ हजार ९ सय ७८ देखि ३ हजार डलरसम्म रहेको छ। सोमबारको कारोबारमा सुन यही दायरा भित्र सम्हालिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रतिऔंस ३ हजार ३० डलर आसपास कारोबार भएको थियो, जुन हालको सन्दर्भमा स्थिरता देखाउने संकेत हो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा घटबढ देखिएको छ। बिहीबार प्रतिऔंस ३ हजार १ सय ६५ अमेरिकी डलरसम्म उक्लिएको सुन सोमबार ३ हजार डलर हाराहारीमा झरेको छ।

बिहीबार र शुक्रबार क्रमशः अन्तर्राष्ट्रिय र नेपाली बजारमा सुनले हालसम्मकै उच्च मूल्य रेकर्ड गरे पनि त्यसयता लगातार गिरावट देखिएको हो। यद्यपि, विश्लेषकहरू यसलाई अस्थायी गिरावटको रूपमा हेर्दै आएका छन्।

सुनको मूल्यमा आएको गिरावटका पछाडि केही प्रमुख कारणहरू रहेका छन्। पहिलो, गत एक वर्षमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको थियो। यसले लगानीकर्तालाई नाफा बुक गर्न प्रेरित गर्‍यो।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुमूल्य धातुहरूलाई आयात करबाट छुट दिने नीतिले सुनको मूल्यमा तत्कालीन रूपमा वृद्धि गराएको थियो। तर पछिल्लो समय बहुमूल्य धातुहरूलाई उक्त करबाट अलग गरेपछि बजारमा सुन बिक्री बढेको हो। कोटक सेक्युरिटिजका कमोडिटी विश्लेषक कायनात चेनवालाका अनुसार, "ट्रम्पको पारस्परिक करबाट बहुमूल्य धातु हटाएपछि सुनको मूल्य घट्न थालेको हो।"

त्यस्तै, आईजी ग्रुपका बजार विश्लेषक येप जुन रोङका अनुसार, "बजारमा अनिश्चितता हुँदा नाफा बुक गर्नु स्वाभाविक हो। सुन बजारमा भ्रम र अनिश्चितता व्याप्त रहेकाले हालको उतारचढाव अस्वाभाविक होइन।"

स्टक बजारमा लगातार गिरावट आएपछि आर्थिक मन्दीको आशंका थपिएको छ। अमेरिकाले विभिन्न मुलुकहरूबाट आयात हुने वस्तुमा थप कर लगाएको छ, र अन्य मुलुकहरूले पनि प्रतिकारी कदम चालेका छन्। यसको प्रभाव मुद्रास्फीतिमा देखिने संकेत फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले नै दिएका छन्।

पावेल भन्छन्, "अतिरिक्त करले मुद्रास्फीतिमा दबाब सिर्जना गरेको छ।" यस्तो अवस्थामा फेडले ब्याजदर घटाउने सम्भावना कम भएको छ, जसले सुनको मूल्यलाई स्थिर राख्न सहयोग गर्नेछ।

मर्निङस्टारका रणनीतिकार जोन मिल्सले सुनको भाउ ३८ प्रतिशतसम्म झर्न सक्ने अनुमान गरेका छन्। उनका अनुसार, सुनको मूल्य प्रतिऔंस १ हजार ८ सय २० डलरसम्म झर्न सक्छ। नेपाली सन्दर्भमा भने यसलाई लिएर अत्यन्तै घटेको मूल्यको अडकल गरिएको छ – केही मिडियाले त सुनको मूल्य १ लाखसम्म झर्ने हेडलाइनसमेत दिएका छन्।

तर विश्लेषकहरू यो अनुमानलाई हावादारी मान्छन्। उनीहरूको तर्क छ– व्यापार युद्ध र विश्वव्यापी मन्दीको पृष्ठभूमिमा सुन अझै सुरक्षित लगानीका लागि भरपर्दो विकल्प हुने छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार