काठमाडौं। प्रतिनिधिसभाको सचिवमा हर्कराज राईको नियुक्ति सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिवमा नियुक्ति सम्बन्धीको सिफारिस गर्नुभएको हो।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएको छ । सभामुख घिमिरेले एमाले नेता समेत रहेका राईलाई पाँच वर्षका लागि सचिव पदमा सिफारिस गर्नुभएको हो।