सेयर बजारमा गिरावट

Nagarik Sewa 4662+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १६.२९ अंकले घटेको छ । शून्य दमलशव ६० प्रतिशतले गिरावटपछि समग्र नेप्से २६७२.५८ विन्दुमा ओर्लिएको छ ।  सोमरबायता नेप्से परिसूचक घटिरहेको छ । सोमरबार ३३‍.२८, मंगलबार ४.६४, बुधबार ७.७९ घटेको नेप्सेले बिहीबार पनि निरन्तरता पाएको हो । 

कारोबारमा आएकामध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्यो, २०६ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ४४ हजार ६५१ पटकको सेयर किनबेचमा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।  किनबेचमा ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर खरिदबिक्री भयो । 

एभरेष्ट कलर लिमिटेडको १५,सेन्ट्रल फाइनान्सको २.७४, शुभम पावर लिमिटेडको २.१५,  तारागाउँ रिजेन्सी होटलको २.०१,  एमएमबी हाइब्रिड फन्ड एल- आइआइ को १.७७ प्रतिशतले मूल्य बढ्यो । कालिञ्चोक हाइड्रोपावरको १४.९९, कर्पोरेट विकास बैंकको १२.३०,  सोलु हाइड्रुोपावरको ३.८२,  ग्लोबल आएमई सम्मुनत योजना-२ को ३.७३,  रिड्ज लाइन इनर्जीको ३.४७ मूल्य घट्यो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै