बागमती प्रदेश सरकारले बढायो मन्त्रालयको सङ्ख्या

Nagarik Sewa 4431+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएर १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवार मन्त्रालय खडा गर्ने निर्णय गरेको छ ।

उक्त कार्यविभाजन अनुसार मन्त्रीको जिम्मेवारी भने नतोकिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यविभाजन अनुसार सो मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशमा विगत ११० दिनदेखि एक विना विभागीय मन्त्री कायम रहेका छन् । गत साउन ९ मा मुख्यमन्त्री लामाले नियुक्त गरेका एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् । साउन १२ मा सरकारलाई पूर्णता दिएर साउन १५ मा विश्वासको मत लिँदै सरकार सुरक्षित गरेका उहाँले प्रदेशको १३ मन्त्रालयमा कांग्रेसका ७ र एमाले ६ मन्त्री नियुक्त गर्नुभएको थियो । जसमा कांग्रेसका मदुकुमार श्रेष्ठले जिम्मेवारी पाउन सकेका थिइनन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार