मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

राइडरले बढी भाडा र अफलाइन बार्गेनिङ गरे प्रहरीलाई जानकारी दिन अनुरोध

Nagarik Sewa 4720+ समाचार ( )
२० जेठ २०८२, सोमबार

काठमाडौं । राइड सेयरिङ एपमार्फत यात्रीसित बाढी भाडा नलिन प्रहरीले चालकलाई सचेत गराएको छ । चालकले यस्तो गरेको पाइएमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।सोमबार (जेठ १९) बिहान एक सूचना जारी गर्दै प्रहरीले राइड सेयरिङ एपमार्फत यात्रीसित बढी भाडा लिने गरिएको गुनासो प्राप्त भएको जनाएको छ ।

त्यस्ता चालकले अफलाइन बार्गेनिङ पनि गर्ने गरेका छन् । यस्तो गरेको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा फोन गरी जानकारी दिन प्रहरीले आग्रह गरेको छ । “विभिन्न राइड सेयरिङ एफमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको हुनाले राइडरहरूले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ,” प्रहरीको सूचनामा उल्लेख छ ।

सार्वजनिक यातायात व्यवसायी आफ्ना सवारीसाधन ग्यारेजमा थक्याएर आन्दोलनमा उत्रिएपछि धेरै सार्वसाधारणले राइड सेयरिङ एपलाई विकल्पका रूपमा छानेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार