काठमाडौं। साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजारमा १.५३ अंकले सुधार भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २६९५.७३ विन्दुमा पुगेको छ। आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.७५ अंकले घटेर ४५९.१६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर ९१ हजार ६१ पटक कारोबार हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६८ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


