बाढी प्रभावित तीन जिल्लामा सशस्त्रको १२ वटा अस्थायी बेस स्थापना

Nagarik Sewa 4785+ समाचार ( )
१६ भाद्र २०८३, मङ्गलबार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित तीन जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ । धादिङमा दुई, नुवाकोटमा ६ र रसुवामा चारवटा बेस स्थापना भएका हुन् ।

जसअन्तर्गत धादिङको मलेखु र गल्छी , नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ए, त्रिशूली हाइड्रो ३ बी , स्याफ्रुबेसी र बोगटीटारमा गरी १२ वटा बेस स्थापना भएको हो । 

उद्दार कार्यलाई थप प्रभावकारी बनाउन स्थापना भएका बेसमध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोली समेत रहेको छ । ती बेसहरूमा १५ देखि ३५ जनासम्मको संख्यामा उद्धार टोली खटाइएको छ भने विशेष तालिमप्राप्त उद्धारक समेत रहेका छन् । 

बेसमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर ( एमएफआर), डग स्वार्ड, ड्रोन, रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम, मास क्याजुअल्टी भेकल (एमसीभी) सहितका विशेष टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै