सुनको मूल्य स्थिर

Nagarik Sewa 4461+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख  ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै