काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (राजेश अहिराज)लाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालत पाटनले सदर गरेको छ । बलात्कारको आरोप लागेका अहिराजलाई काठमाडौं जिल्ला अदालतले गत साउन १४ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
बिहीबार (भदौ १२) उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो । अहिराज हाल डिल्लीबजार कारागारमा छन् । उनीमाथि बानेश्वरमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोग छ । अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । प्रहरीले चैत २५ मा अदालतबाट पक्राउ अनुमति लिएको थियो । अहिराज साउन ४ गते पक्राउ परेका थिए ।