मुख्य समाचार
शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात |

अधिवक्ता त्रिपाठीमाथि कुटपिट घटनामा संलग्न एक जना प्रकाउ

Nagarik Sewa 4677+ समाचार ( )
७ माघ २०८१, सोमबार

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरभित्रै भएको कुटपिट घटनामा संलग्न महेन्द्र पाण्डेलाई पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय पाण्डेलाई पक्राउ गरेको हो । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गरेका अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरिएको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाण्डेलाई टोखाबाट शनिबार नियन्त्रणमा लिइएको हो । परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौं जिल्ला अदालतको दक्षिण गेटबाहिर माघ २ गते त्रिपाठीमाथि कुटपिट भएको थियो।

सहकारी पीडितको पक्षमा बहस गरेर अदालतबाट बाहिरिइरहँदा त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको भिडमा रहेका पाण्डेले कुटपिट गरेका थिए। उक्त घटनामा फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। पाण्डेलाई अनुसन्धानका लागि अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

त्रिपाठी भने आफूलाई रास्वपाबाटै धम्की आएकाले कुट्नेहरु अरु कोही नभइ रास्वपाकै कार्यकर्ता भएको बताएका छन् । उनले रास्वपाको नेताको विपक्षमा बहस गर्दा अन्य दलको कार्यकर्तालाई के चासो भनी प्रतिक्रियासमेत दिएका छन् । उनले रास्वपाले आफ्नो कार्यकर्ता भए कारबाही गर्ने भनी जारी गरेको विज्ञप्तिलाई नाटक भनी प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार