१०.८७ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4680+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको रू १७ करोड ७९ लाख तीन हजार ४१३ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता सेयर किनबेच भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार